Showing posts with label रेडियो जलजला. Show all posts
Showing posts with label रेडियो जलजला. Show all posts
no image

कार्यक्रम मुटुको व्यथा (२०६९।०९।०६)

‘मुटुको व्यथा’ रेडियो जलजलाबाट प्रशारित कार्यक्रम हो । वास्तविक प्रेमकथामा आधारित यस कार्यक्रमका सञ्चालक रोहित केसी हुन् । यो कार्यक्रम २०६९ पौष ६ गते प्रशारण भएको हो । यसपटकको कार्यक्रममा बडाचौर २ रोल्पाका सागर वीसीको प्रेमपत्र । डाउनलोड मुटुको व्यथा
no image

कार्यक्रम सीधा प्रश्न सीधा जवाफ (२०६९।०९।१६)

रेडियो जलजला एफ एम ९६.४ मेगाहर्जबाट पुस १६ गते सोमबार प्रसारित ‘सिधा प्रश्न सिधा जवाफ’ कार्यक्रममा । यसपटकको कार्यक्रममा नेपाल विद्युत प्राधिकरणले रोल्पामा गरेको दैनिक ६ घण्टा लोडसेडिङको विषयमा कुराकानी भएको छ । कार्यक्रममा नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रका प्रमुख नन्दलाल सुवेदी, नेपाली कांग्रेस रोल्पाका उपसभापति इन्द्रबहादुर खत्री, रोल्पा उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष किशोर आचार्य र लोडसेडिङ विरुद्धको संघर्ष समितिका संयोजक घनश्याम आचार्य हुनुहुन्छ । कार्यक्रम सञ्चालक रोहित केसी, प्रसारण समय बेलुकी ६:३० देखि ७:३० बजे । Dwonload: सिधा प्रश्न सिधा जवाफ
no image

कार्यक्रम ‘त्रिवेणी’मा डिल्ली मल्लको कथा2069-09-14)

कार्यक्रम ‘त्रिवेणी’ रेडियो जलजला एफ.एम. ९६.४ मेगाहर्जको रात्रीकालीन प्रस्तुती हो । शनिबारको राती सवा ९ बजेदेखि १० बजेसम्म यो कार्यक्रम प्रशारण हुन्छ । साहित्यको निवन्ध विधामा आधारित जीवन भोगाइका अनुभव र अनुभूतिहरुलाई यस कार्यक्रममा स्थान दिइन्छ । यसपटक साहित्यकार तथा पत्रकार एवं जनकलाकार डिल्ली मल्लको कथा । कार्यक्रम सञ्चालक अमरजित पुनमगर डाउनलोड ‘त्रिवेणी’
no image

कार्यक्रम ‘त्रिवेणी’मा नवराज बुढा नवीन उदासीको कथा:

कार्यक्रम ‘त्रिवेणी’ रेडियो जलजला एफ एम ९६.४ मेगाहर्जबाट हरेक हप्ताको शनिबार राती बीबीसी नेपाली सेवापछि करिब १० बजेसम्म प्रशारण हुन्छ । अमरजित पुनमगरको आवाजमा तपाई आफ्ना जिन्दगीका तिता मिठा अनुभुती र भोगाइहरु साट्न सक्नु हुन्छ। अनि सुख दुःख बाड्न सक्नु हुन्छ। यस पटकको कथा रोल्पाली युबा स्रष्टा नवराज बुढा ‘नवीन उदासी’को कथा प्रबासी जीवनलाई स्थान दिइएको छ । पत्राचार ठेगाना: कार्यक्रम त्रिबेणी, सामुदायिक रेडियो जलजला एफएम ९६.४ मेगाहर्ज, लिवाङ–६ रोल्पा । Download: Download Tribeni